राष्ट्रियसभाको बैठक अाज बस्दै

काठमाडौंः

 

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमध्ये आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल गरिने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारि दिईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित