अनारकलीको मोबाईल लुटने दुई युवक प्रहरी फन्दामा

131
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिकी एक महिलाको मोबाईल लुटपाट गर्ने दुई युवक पक्राउ परेका छन ।

२४ असार साँझ ९ बजेतिर कृष्णपुर नगरपालिका २ वाणिकी २१ बर्षिया अनारकली चौधरीको मोबाईल सहितका समान लुटपाट गर्ने युवक पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले अनारकलीको रेडमी कम्पनीको मोवाईल सहितका समान लुटपाट गर्ने भीमदत्त नगरपालिका १३ पिपैयाका २१ बर्षिया दिपक चदारा र दोधाराचाँदनी १ चाँदनीका २२ बर्षिया अर्जुन सुनार पक्राउ परेको बताए ।

प्रहरी प्रवक्ता डाँगीका अनुसार सुपप्र ०२००३प६५१ नम्बरको मोटरसाईकलमा सवार चदारा र सुनारले धान रोपेर घर गईरहेकी अनारकलीलाई खुकुरी देखाएर मोवाईल लुटपाट गरेका थिए । अनारकलीलाई कुटपिट गर्ने यि दुवै जनालाई प्रहरीले दुई दिनमै पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैको साथबाट खुकुरी र मोटरसाईकल समेत बरामद गरेको छ ।

महिलामाथि लुटपाट गर्ने दुबै जना बिरुद्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । लुटपाटको उक्त घटनामा संलग्नामाथि कानुनी कार्बाही गर्नुपर्ने प्रहरीले जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार