काठमाडौँ :
‘तपाईंको नाम २ नम्बरमा छ । ३० करोड नदिए अपहरण गरी हत्या गरिदिन्छु’, खोटाङ राहबेशी गाउँपालिका वडा नम्बर १ राहबेशी स्थायी घर भएका रमेश कुमार गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई यसरी पटक पटक धम्क्याए ।
यतिमात्रै होइन उनले हत्या गर्नको लागि योजना बनिसकेको भन्दै ज्यान बचाउने भए मागेको जति रकम दिन समेत दबाब दिइरहे ।
प्रसाईलाई धम्क्याउन उनले गत असार १३ गत साँझ ६ बजेर १२ मिनेटदेखि प्रवेश लामाको नामबाट पटक पटक फोन गरिरहे । ‘हत्या गर्नको लागि योजना बनिसकेको छ । यदि सुरक्षित हुन चाहनु हुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमाण्डको रकम उपलब्ध गर्नु भयो भने तपाईंको जीवन बच्न सक्छ,’ फोन तथा पटक पटक एसएमएस समेत गरी गुरुङले ३०करोड रकम माग गरेको प्रहरीले जानकारी दीईएका छन ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको छ । प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको हो ।





















Discussion about this post