कैलाली:
कैलालीको गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्न स्वीकृत भएको छ। संघीय मन्त्रिपरिषद्ले १४१ जनाको दरबन्दीमार्फत न्यूनतम सुविधासहितको अस्पताल सञ्चालन गर्न स्वीकृती गरेको छ ।अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीका अनुसार न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि असार १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । उनका अनुसार दुई हप्ता भित्र अस्पताल सञ्चालनका लागि कागजपत्रहरु गेटा आउने बताएका छन ।
उनले चाँडै अस्पताल सञ्चालनमा आउने जानकारी पनी दीईएका छन ।अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले २०८० असार १९ गतेको मन्त्रिपरिषद्ले अस्पतालका लागि आवश्यक दरबन्दीको स्वीकृत दिएको बताउनु भएको छ । उनले भने, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएको छैन। स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड अनुसार स्वीकृत भएको छ।
न्यूनतम सेवाका साथ अस्पताल सञ्चालन गर्ने भनिएको छ। मन्त्रालयले बाडफाड गरेर दुई हप्तामा कगजपत्रहरु पठाउछ।’
एक सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ को दरबन्दी स्वीकृत गरिएको छ । प्राविधिक र प्रशासन, प्राविधिक तथा चिकित्सकहरु अस्पताल सञ्चालनका लागि आवश्यक हुन्छन्। कर्मचारीको दरबन्दी स्वीकृत भएसँगै अस्पताल सञ्चालनमा आउने भएको छ।
जोशीका अनुसार प्राविधिक तथा प्रशासन र सफाइ कर्मचारीहरु अस्पताल सञ्चालनका लागि आवश्यक हुनेछन्उनले भने, ‘कर्मचारी भनेको अस्पतालका लागि हो। अस्पताल सञ्चालनको स्वीकृत पाएका छौ। न्यूनतम सेवा भनिएको छ। न्यूनतम सेवामा आकस्मिक सेवा हुँदैन। ओपिडी सेवाहरु हुन्छन्। विज्ञहरुको सुझावको आधारमा न्यूनतम सेवासहितको अस्पताल सञ्चालन गर्छौ। दुई हप्तामा कागजी पक्रिया पूरा हुन्छ। कर्मचारी ल्याउन काम अब सुरु हुन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको हो। संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भएको छ ।गेटामा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपकरणसमेत पठाएको छ।
जोशीका अनुसार सय शय्याको अस्पताल सञ्चालनका लागि शय्या, प्रयोगशालाका सामान र अल्ट्रासाउण्डका उपकरणहरु गेटा पुगेका छन्। प्रयोगशालाका उपकरण र एक्सरे मेसिन भने आउन बाँकी छन्। १०० शय्याको अस्पतालका लागि आवश्यक उपकरणहरु आउने जोशीको दाबी गरेका छन ।अस्पताल सञ्चालनका लागि पानीको व्यवस्थापनको काम पूर्वाधार विकास समितिले गरिरहेको छ। उपकरण र जनशक्तिको काम पूरा भए चाँडै अस्पताल सञ्चालनमा आउने जोशीले बताएका छन ।
Discussion about this post