आरआईटीका प्रहरी बेलौरी कुटपिट काण्डमा मुछिएपछि प्रदेश अनुसन्धान समुह खारेज

कञ्चनपुर-सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आरआईटी)का कर्मचारी कुटपिट काण्डमा मुछिएपछि क्षेत्रीय अनुसन्धान टिम खारेजी गरिएको छ ।

नेपाल प्रहरीको सुदूूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको हो । प्रहरीको सुप प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालक सुरेश कुमार बडायकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका छन ।

डिआईजी बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत कार्यालयमा रमाना गरेर पठाएका हुन । बडायक आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ ।

सुप प्रदेश प्रहरी कार्यालय स्रोतकाअनुसार बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक वडायकमाथि बिहीबार राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको जनाईएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) प्रज्वल महर्जनले प्रदेश अनुसन्धान समूह(आरआइटी) खारेज गरिएको पुष्टि गरेका छन । ‘अहिलेलाई आरआइटीको औचित्य र आवश्यकता नदेखिएका कारण खारेज गरिएको हो,’ एसएसपी महर्जनले भने, ‘अपराध, अनुसन्धान लगायतका काम सम्बन्धीत ठाउँको स्थानीय प्रहरीलाई दिने व्यवस्था मिलाउने र आवश्यकता परेमा पुनः गठन गर्न सकिन्छ ।’

एसएसपी महर्जनले बेलौरीमा होटल सञ्चालकमाथि कुटपिट गरेको आरोप लागेका दुई जना प्रहरीमाथि छानविन भइरहेको बताए । सुदूरपश्चिममा साविक सुदूूरपश्चिम विकास क्षेत्र हुँदा गठन गरिएको आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुव्र्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो ।

कहिलो वाईवाई त कहिले आरोप कमाउँदै आएको आरआईटी पछिल्ला दिनसम्म कार्यायत हुँदा विवाद रहित भएको छ । आक्र्रमणमा परी घाईते भएका होटल संचालक बडायक वाईसियल कञ्चनपुरका नेता पनि हुन ।

उनीमाथि आक्र्रमण गर्ने प्रहरी सहितमाथि कानुनी कार्बाहीको माग गरिएको छ । वाईसियल कञ्चनपुरले बडायकमाथि भौतिक आक्र्रमण गर्ने सबैलाई कानुनी कार्बाहीको माग अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित