कञ्चनपुरमा कोरा महेन्द्रनगर साइकल र्याली सम्पन्न, पहिलो पटक कञ्चनपुरमा सांस्कृतिक ,धार्मिक पर्यटकीय प्रबर्द्धनका लागि साईकल र्याली

बिकाश सिंह महता/महेन्द्रनगर– कञ्चनपुर जिल्लामा कोरा महेन्द्रनगर साइकल र्याली सम्पन्न भएको छ।

सनिवार हिजो भीमदत्त नगरपालिका वडा न.४ स्थित मदन चोक बाट उक्त पालिकामा पर्ने मुख्य धार्मिक स्थल हुँदै कोरा महेन्द्रनगर साईकल र्याली निकालिएको आयोजक साईकल यात्री आकाश भट्टले बताउनु भयो।

उनका अनुसार देश भरिमा कोरा साईकल र्यालिको आयोजना गरिएको छ। त्यही अनुरुप कञ्चनपुर जिल्लामा पनि हामीले कोरा महेन्द्रनगर साईकल र्यालिको आयोजना गरिएको हो।

साईकल यात्री आकाश भट्ट ,प्रकाश जोशी , सिद्धार्थ पन्त र भुवन बिष्ट लगायतको सहयोगमा महेन्द्रनगरमा धार्मिक पर्यापर्यटन प्रबर्द्धन होस भन्ने उद्देश्यले पहिलो पटक कोरा महेन्द्रनगर साईकल र्याली गरिएको हो।

कञ्चनपुरमा पहिलो पटक सांस्कृतिक , धार्मिक पर्यटकीय प्रबर्द्धनमा टेवा पुगोस् भन्ने हेतुले मुख्य धार्मिक स्थल महेन्द्रनगरको मदन चोक , शिव धाम, गडाचौकी ,कल्पटे मन्दिर , ब्रमदेवको सिद्धनाथ बैजनाथ मन्दिर , रौटेला ,बिष्णु मन्दिर रुट हुँदै महेन्द्रनगरमा आएर सम्पन्न भएको थियो। जसमा साईकल यात्री २४ जनाको सहभागिता रहेको थियो।

कोरा महेन्द्रनगर साईकल र्यालिमा छिमेकी देश भारतको खटिमा हिन्द पब्लिक स्कुल बाट रवि मेहता रहेका थिए। उनल मानस खण्ड साइकल यात्रा समेत गरिसकेका छन् । नेपाल कै कान्छा मेचीमहाकाली साइकल यात्री रमित भट्ट पनि सहभागी थिए। उनले आफ्नो ११ वर्षको उमेरमा ११ दिनमा साईकल यात्रा पूरा गरेका थिए।

कोरा साइकल र्यालीको आयोजना च्यारेटी लाई मध्यनजर गर्दै सहयोग गर्ने हेतुले साईकल र्यालीको आयोजना गरिने गर्दछ। असार ३० गतेका दिन नेपाल अधिराज्य भरि नै साईकल र्यालिको आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित