कञ्चनपुर-कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट भन्सार छली गरेर ल्याएका विभिन्न खुण्टि, चुकुल ताला, स्टेसनरीका सामान र उक्त सामान बोकेको कार गरी अन्दाजी ७ लाख ९९ हजार ७ सय मुल्य बराबरको सामान कारसहित भारतीय नागरिकलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार र भन्सार छलिका समान सहित पक्राउ पर्नेमा भारतिय नागरिक दिवान्स अग्रबाल रहेको छन् । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
यस अघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कार र एक जनालाई एक हप्ता अघि मात्रै ९ लाख मुल्य बराबरको समान सहित बजार क्षेत्रबाट पक्राउ गरेको थियो ।
Discussion about this post