वन फडानी गरेर काठ तस्करी गर्ने कञ्चनपुरका दुई महिलासहित ७ जना पक्राउ

22
VIEWS

कञ्चनपुर:

 

कञ्चनपुर मा वन फडानी गरेर काठ तस्करी हुदै आएको छ। जिल्लाभित्रका सामुदायिक तथा राष्ट्रिय वन फडानी गरेर काठ तस्करी गर्ने गरेको पाईएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र८० मा ४९ गोलिया र चार चौपट काठ बरामद गरिएको हो ।

 

साल र सिसमका एक सय १८ दशमलव ६६ क्युफिट अबैध काठ बरामद गरिएको छ ।अबैध काठमा संलग्न रहेका भन्दै प्रहरीले पाँच पुरुष र दुई महिला गरी ७ जनालाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाएको हो त्यस्तै अवैध काठसहित एक थान ट्याक्टर र पाँच थान मोटरसाइकल नियन्त्रणमा लिएर वन कार्यालय देखतभुली, बाणी र महेन्द्रनगरमा बुझाएको प्रहरीले बताएको छ।

 

त्यस्तै प्रहरीले २०७९ साउन ११ गते कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट ८ फिट ८ इन्च लम्बाई, तीन फिट चौडाई र ७ फिट दुई इन्च लम्बाई तथा दुई फिट ८ इन्च चौडाई भएको दुई थान चितुवाको जस्तो देखिने टाटेपटे वस्तु समेत बरामद गरेर अनुसन्धान गरीरहेको छ।

 

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न अपराधमा संलग्न तर फरार २०७८ सालमा ६३ जनालाई पक्राउ गरेर अदालतमा पेश गरेको छ भने २०८० को असार मसान्तसम्म थप ७२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको हो काठ तस्करी र वन्यजन्तुको चोरी शिकारी जिल्लाभित्र दिनप्रतिदिन बढ्दै गएको स्थानीयको गुनासो छ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार