४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् विधिवत् रूपमा उद्घाटन

2
VIEWS

दार्चुला:

दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको विधिवत् रूपमा उद्घाटन गरिएको हो ।

 

निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको अपर चमेलिया विद्युत् आयोजनाको सफल परीक्षण भएपछि सोमबार उद्घाटन गरिएको छ । गत शुक्रबारबाट परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका छन ।

 

मार्मा गाउँपालिका– १ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावरहाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो।उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका– १ वलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार