दमक । एक महिलासँग मदिराको नशाले लठ्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि विवादित बनेका झापा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई त्यहाँका कर्मचारी र जनप्रतिनिधिहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन भने २४ घण्टाभित्र मन्त्रालयमा हाजीर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र काटेको छ ।
गत शनिबार सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले आज निरौलालाई मन्त्रालयमा हाजिर हुन् पत्र काटेको हो ।
मन्त्रालयले सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो।
‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ ।
Discussion about this post