संवैधानिक परिषदको बैठक आज बस्दै

काठमाडौँ:

संवैधानिक परिषदको बैठक आज बिहीबार बस्दैछ । सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि बैठक बस्दै छ ।

गत मंगलबार पहिलो पटक बैठक बसेको थियो तर पनि कुनै निष्कर्षमा पुग्न नसके पछि बैठक आज पुनः बोलाइएको हो। बैठक
साँझ ५ बजे बस्नेछ ।

आगामी शनिबारदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित