दोधाराचाँदनीमा श्रीमानद्वारा श्रीमतीको विभत्स हत्या

558
VIEWS

खडक रावल/कञ्चनपुर,
संगै जिउनेमर्ने कसम आएर बैवाहिक जिवनमा बाँधिएका कञ्चनपुर दोधाराचाँदनी नगरका एक दाम्पतीको सपना अधुरै रहेको छ ।

 

दोधाराचाँदनी नगरपालिका ७ कञ्चनभोजका बुढा दाम्पत्ती परिवारमा बज्रपात भएको छ । ३४ बर्षिया प्रेम बहादुर बुढाले आफ्नै श्रीमती द्रोपती बुढाको हत्या गरिदिएका छन ।

गयराती प्रेमले द्रोपतीमाथि धारिलो चाखु प्रहार गरेर विभत्स हत्या गरेका हुन । श्रीमतीको हत्या गरेका प्रेम आफैले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
आफ्नै श्रीमतीको हत्या गरेका श्रीमान प्रेम बुढा प्रहरी घटना स्थल पुग्दा घरमै रहेका थिए ।

घरयासी विवाद उत्पन्न भएपछि प्रेमले द्रोपतीमाथि धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज अर्जुन साउदले श्रीमतीको हत्या गर्ने प्रेम प्रहरी नियन्त्रणमा रहेको बताए ।

‘हामीले हिजै राती प्रेमलाई नियन्त्रणमा लिएका छौँ, ‘उनले भने, ‘द्रोपतीको शब पोष्टमाष्टका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका छौँ ।’ आमाबाबुको आन्तरिक विवाद हत्यामा परिणत भएपछि बुढा दाम्पतीको नाबाल शिकार बनेका छन ।

बाबुले आमाको हत्या गरेपछि आमा स्वर्गमा र बाबु जेलमा जाने भएपछि ति बालकको भविष्यबारे चिन्ता व्यक्त गरिएको छ । समाजमा व्यप्त समाजिक विकृती, बिसङ्गगती, क्षणिक आवेगमा भएको यो घटनाले बुढा परिवार, आफन्त सहित गाँउले स्तब्ध भएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार