भीमदत्त राजमार्ग गएको पहिरो पन्छाउने कार्य शुरू, सडक अवरुद्ध भएपछि हजाराैं यात्रु अलपत्र

30
VIEWS

गोदावरी । गोदावरी नगरपालिका ४ सालिन बाटिका नजिक र खानीडाडास्थित सेल्फीडाँडामा हिजो राती गएको पहिरो पन्छ्याउने काम बिहानबाट शुरू गरिएको छ ।

 

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार अहिले जेसिबीले सालिन बाटिका नजिकको पहिरो हटाउने काम भईरहेको र उक्त पहिरो हटाएपछि मात्रै माथी जान सकिने प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

 

हिजो राति परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
पहिरोले सडक पुरै भाँसिएको छ , खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ । पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार