कैलालीको टीकापुरमा एकै व्यक्ति माथि दुई/दुई पटक खुकुरी प्रहार हुदा समेत प्रहरी मुख दर्शक

कैलाली । कैलालीको टिकापुरमा एकै व्यक्ति माथि एक महिनामा  २ पटक खुकुरी प्रहार भएको छ ।

नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का माथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको हो ।
टीकापुरमा आपराधिक घटनाहरू बढ्दै गएको भन्दै सुरक्षाकर्मीको चौतर्फी आलोचना बढ्दै गएको छ । टिकापुरमा प्रहरीले शान्ति सुरक्षा दिनुको सट्टा उल्टै आपराधिक क्रियाकलापमा लागेका ब्यक्तिलाई संरक्षणमा लागेको आरोप लाग्न थालेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएको छ । अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित