राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीको पहलमा विद्यालयमा वृक्षारोपण

530
VIEWS

बेलडाँडी, १ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीेको पहलमा एक विद्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको छ । शुक्रवार विद्यालय परिसरमा पार्टीको पहलमा स्थानीय, विद्यालय व्यवस्थापन समिति, शिक्षक, चवन्नी वजार व्यवस्थापन समिति लगायतकाले वृक्षारोपण गरेको हो ।

 

स्वतन्त्र पार्टी बेलडाँडीले नयाँ सभापति युवा ब्यवसायी तेज सिंह धामीलाई चयन गरेपछि पहिलो कार्यक्रम अन्तर्गत विद्यालयमा वृक्षारोपण गरिएको युवा नेता तथा इन्जिनियर केशबराज जोशीले जानकारी गराउनु भयो । पार्टीले लगायतार विद्यालय लगायत सार्वजनिक स्थलमा धेरै काम गर्ने सोच रहेको बताए ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका बेलडाँडी सभापति तेज सिंह धामीले वृक्षारोपण मानव जीवनका लागि अपरिहकार्य रहेको बताउदै उनले भने विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक विकासका निम्ति पार्टीका तर्फबाट हुने पहल गर्ने बताए । ‘विद्यालयको शैक्षिक, भौतिक निर्माण लगायत कार्यहरुमा हातेमालो गर्छौैं । ’ रोपिएका विरुवा संरक्षण गर्न उनले विद्यालय परिवारलाई आग्रह गरे ।

 

वृक्षारोपण कार्यक्रममा सहभागि स्थानीयहरुले विद्यालयको विकास गर्नुपर्छ भनेर लागिपर्नु सराहनीय रहेको बताए ।

कार्यक्रममा पार्टीको पहलमा बन कार्यालयबाट १ हजार विभिन्न जातका विरुवाहरु ल्याइएको र ५ सय विरुवा विद्यालयमा रोपिएको अन्य चवन्नी मन्दिर, खैरिघाट मन्दिरमा समेत पठाइएको जोशीले जनाए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार