कञ्चनपुर, ३ भदौँ। सशस्त्र प्रहरीले लागु औषध सहित एक किशोरलाई पक्राउ गरेको छ ।
पुनर्वास नगरपालिका ११ डोकेबजार क्षेत्रबाट सशस्त्र प्रहरीले कैलाली गोदाबरी मनराका किशोरलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वर गणका अनुसार भारतबाट लागु औषध बोकेर नेपाल आउने क्रममा गोदारीनगरपालिका १मनराका कमल रिजाललाई पक्राउ गरिएको जनाएको छ ।
रिजालको साथबाट ब्राउन सुगर सहितका समाग्री बरामद गरेर प्रहरीलाई बुझाईएको छ । सशस्त्र प्रहरीले कञ्चनपुरमा लागु औषधको कारोबार नियन्त्रणमा समेत भूमिका निर्वाह गर्दै आएको छ ।
Discussion about this post