कञ्चनपुर, ५ भदौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीमाथि निर्घात कुटपिट गरिएपछि परिवारजनले किटानी जाहेरी दिएका छन ।
शिक्षक जोशीकी धर्मपत्नी भागरती भट्ट(जोशी)ले मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आठ जनाका नाममा किटानी जाहेरी दिएकी हुन ।
शिक्षक जोशीले कक्षा १० मा अध्ययनरथ एक छात्रामाथि दुव्र्यवहार गरेको भन्दै छात्राका आफन्त एव केही बाहिरका मानिसले हतहडी सहित प्रहरी नियन्त्रणमा रहेका बेला मरणाशन्न हुने कुटपिट गरेर ज्यान लिन खोजिएको भन्दै नाममा किटानी दिईएको छ ।
स्थानीय सहित केही अन्य गाँउका युवाहरुको नाममा मुलुकी अपराध संहिता ०७४ को दफा १८३ विपरित कसूरबिरुद्धमा किटानी दिईएको हो । यस अघि सोमबार छात्राका परिवारले शिक्षक जोशी बिरुद्धमा बाल यौनदुराचार बिरुद्धमा मुद्दा दायर गरेका थिए ।
छात्रा परिवार किटानी जाहेरी गरेको दोस्रो दिन शिक्षक परिवारले समेत किटानी जाहेर गरेका छन । कञ्चनपुर प्रहरीले शिक्षक जोशीका तर्फबाट आएको उजुरी दर्ता भएको जनाएको छ ।
छात्राले आफुमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक बिरेन्द्र जोशीमाथि आरोप लगाएपछि आइतबार विद्यालयमा आन्दोलन भएको थियो ।
विद्यार्थीले शिक्षक बिरेन्द्र जोशीमाथि कार्बाही गर्दै नाराबाजी गरेर ढुङ्गामुढा प्रहार गरेका थिए । भिडको माग अनुरु प्रहरीले शिक्षकलाई कार्यकक्षबाटै हतहडी लगाएर बाहिर ल्याउने क्रममा विद्यालय भन्दा बाहिर एक हुल समुहले शिक्षकमाथि निर्धात कुटपिट गरिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गरिएपछि विद्यालय, स्थानीय, शिक्षकहरुले भत्र्सना जाहेर गरेका छन । कसैले आरोप लगाउँदैनमा त्यो आरोप प्रमाणित नहुँदै भिडको आवाजकै आधारमा प्रहरीले कार्यकक्षबाटै हतकडी लगाएर ल्याउने क्रममा कुटपिट भएको भन्दै चौतर्फि बिरोध भईरहेको छ ।
घाईते शिक्षक महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा उपचार भईरहेको छ । जोशीको टाउको, पेटमा गम्भिर चोट लागेको प्रअ बोहराले बताए ।
शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट भएपछि विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक समेतले भत्र्सना जाहेर गरेका छन । नेपाल विद्यालय कर्मचारी परिष्द कञ्चनपुरले समेत शिक्षक समेत रहेका विद्यालय कर्मचारी बिरेन्द्र जोशीमाथि विद्यालय हाताभित्रै कुटपिट गर्ने कार्य निन्दनिय भएको जनाएको छ ।
विद्यालय कर्मचारी परिष्दले प्रहरीले शिक्षकलाई बन्दक बनाउँदा कुटपिट भएको दावि गरिएको छ । विद्यालय कर्मचारी परिष्दका अध्यक्ष ईन्द्रसिह कार्की र सचिव महानन्द पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनामा संलग्नमाथि कानुनी कार्बाही नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
नेपाल शिक्षक संघका अध्यक्ष बिरेन्द्र सिह भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष बेद प्रकास उपाध्याय, अखिल नेपाल शिक्षक संघ अध्यक्ष टेकेन्द्र बहादुर शाह, एकिकृत अखिल नेपाल राष्ट्रिय संगठनका सुप बरिष्ठ उपाध्यक्ष, धौलसिह जाग्री, प्रगतिशल नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष भक्त बहादुर बोहरा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सल्लाहकार तारामणी न्यौपाने, एअनेरा शिक्षक संगठन प्रदेश सल्लाहकार जय बहादुर कुँवर, बाल विकास नगर उपाध्यक्ष पार्वती चन्द, विद्यालय कर्मचारी परिषद् अध्यक्ष मोहन चन्दले संयुक्त रुपमा हस्ताक्षरित गरिएको विज्ञप्तीमा शिक्षकमाथि कुटपिट गर्नेलाई कार्बाहीको माग अघि सारेका छन ।
ज्ञानको ज्योती फैलाउने विद्यालय तीन दिनदेखि विद्यालय बन्द भएपछि रणभूमिका परिणत भएको छ । आन्दोलनका कारण ६ सय विद्यार्थीको पढाई प्रभावित भएको छ । अभिभावकले दुवै घटनामाथि छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्ने र त्यतिन्जेलसम्म विद्यालय नियमित संचालनमा सुझाव दिएका छन । अभिभावक एव स्थानीयले दुवै घटनाको सत्यतथ्य विषय बाहिर ल्याउन माग अघि सारेका छन । मंगलबार अभिभावक भेलाले समेत छात्रामाथि भएको दुव्र्यवहार र शिक्षकमाथि भएको मरणाशन्न कुटपिट दुवै घटनाको छानबिन भएर दोषिलाई कार्बाहीको माग अघि सारेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्टले अभिभावक भेलामा दुवै घटना भत्र्सनायोग्य भएकाले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर अभिभावकले नै विद्यालयमा पठनपाठनको वातारण नहुँदासम्म विद्यार्थी पठाउन नसकिने भनेपछि अभभिावक भेलाले ठोष निर्णय निकाल्न नसकिएको बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए । उनका अनुसार दुवै किटानी एव विद्यालयमा घटेको घटना बारे अनुसन्धान अघि बढेको छ ।
Discussion about this post