पृतनापति ट्रफीः देवीदल सर्वोत्कृष्ट गण घोषित

18
VIEWS

महेन्द्रनगर, १० भदौं । नेपाली सेनाको सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधी कैलालीको तेघरीस्थित देवीदल गणले हात पारेको छ ।

गत भदौ २ गतेदेखि सञ्चालन भएको ट्रफीमा बक्सिङ्ग, फुटबल, बास्केटबल र पौडी विधामा विजयी हुँदै देवीदल सर्वोत्कृष्ट गण घोषित भएको नेपाली सेनाले जनाएको छ ।
त्यसैगरी ट्रफीमा अछाममा कार्यरत गोरखबक्स गणले द्धितीय स्थान हासिल गरेको छ । भने डोटीमा रहेको भैरवप्रसाद गणले तृतीय स्थान हासिल गरेको छ ।

गोरखबक्स गणले भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा प्रथम स्थान हासिल गर्दै ट्रफीको उपबिजेता बनेको हो ।
तेघरी ब्यारेकमा आइतबार बिहान आयोजित ट्रफी समापन समारोहमा सुदूरुपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा बिजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

प्रतियोगिता अन्र्तगत श्री नंं. २५ बाहिनी अडडले भलिबल, बक्सिङ्ग, पौडी सञ्चालन गरेको थियो भने श्री नं. ५ बाहिनी अड्डा अन्र्तगत बास्केटबल, एथ्लेटिक्स, फुटबल तेक्वान्दो लगायतका खेल सञ्चालन गरेको थियो ।

 

प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा लगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

ट्रफी अन्तर्गत श्री नं. ५ र २५ बाहिनी अन्तर्गत विभिन्नम गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ्ग र बास्केटबल लगायतका खेलहरु सञ्चालन भएका थिए ।

समापन समारोहमा निमित्त पृतनापति रावल, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, श्री नं. ५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी दिपेशजंग शाह लगायत विभिन्न गण तथा गुल्मपति र सैनिक अधिृकतको सहभागिता रहेको थियो ।

नेपाली सेनाले खेलाडीमा सामुहिक भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फे्रन्डसिप कुरालाई मनन् गर्दै हरेक बर्ष सेनाले ट्रफी आयोजना गर्दै आएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार