हुलाकी सडक खण्ड जिणबन्दा गयो बेलडाँडीका होनहार युवाको ज्यान

1.8k
VIEWS

बेलडाँडी, १२ भाद्र । हुलाकी सडक खण्डको अवस्था जिण वन्दा समेत निर्माण कम्पनीले ध्यान नदिइदिदा बेलडाँडीका एक होनहार युवाले अकालमै ज्यान गुमाउनु परेको छ ।

 

बेलडाँडी बजार देखि झण्डै ५ सय मिटर पुर्व हुलाकी सडक खण्डको अवस्था जिण बन्दा सोही खाल्डोमा मोटरसाईकल लडेर बेलडाँडी १ राधाकृष्ण मन्दिर टोलका अन्दाजी २५ बर्षिया सुनिल सार्की गम्भिर घाइते भइ उपचारका लागि महेन्द्रनगर लैजाने क्रममा बाटैमा ज्यान गएको अस्पता श्रोतले जनाएको छ ।

खाल्डोका कारण मोटरसाइकल अनियन्त्रित हुदा दुर्घटना भएको प्रत्यक्षदर्शी बताउछन् । आज दिउँसो घर देखि बेलडाँडी बजार समान किन्न हिडेका सुनिल सधैका लागि नफर्किने गरि हिडेका छन् ।

आफैले चालाएको सु.प.प्र. ००३प ७२११ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भिर घाइते भएका सुनिल हुलाकी सडक खण्ड निर्माण ठकेदारका कारण अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाइ छ ।

अहिले पोष्टमार्टमका लागि उनको सब महाकाली अस्पतालको लासघरमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भएको हो यस विषयमा प्रहरीले थप अनुसन्धान चालेको छ ।

सामाजिक संञ्जालमा स्थानीय सरकार र ठेकेदारको चर्को आलोचना भइरहेको छ । उक्त सडक निर्माणको जिम्मा पाएका ठेकेदार नेपाली काँग्रेस डडेल्धुरा जिल्ला सभापति भीम साउद हुन् भने यता स्थानीय सरकारको नेतृत्व समेत नेपाली काँग्रेसले गरेको छ ।

सत्ता बाहिर छदा नफिजाएको ग्रावेलमा लडेर घाइते भएको भन्दै तत्कालीन समयमा गाउँपालिका ताला लगाने जानेहरु आफै सत्तामा हुदा लाज पचाएर बस्दा स्थानीय आक्रोशित बनेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार