हुलाकी सडक खण्डमा दुर्घटना भइ हिजो युवाको ज्यान गएपछि आज स्वस्फूर्त युवा समुहद्धारा सडक अवरुद्ध

1.3k
VIEWS

बेलडाँडी, १३ भाद्र । हुलाकी सडक खण्डको अवस्था जिण वन्दा समेत निर्माण कम्पनीले ध्यान नदिइदिदा बेलडाँडीका एक होनहार युवाले अकालमै ज्यान गुमाउनु परेको भन्दै आज बेलडाँडीका स्वस्फूर्त युवा समूहहरुले बेलडाँडी-दैजी मुख्य सडक अवरुद्ध गरेका छन् ।

 

बेलडाँडी बजार देखि झण्डै ५ सय मिटर पुर्व हुलाकी सडक खण्डको अवस्था जिण बन्दा सोही खाल्डोमा मोटरसाईकल लडेर बेलडाँडी १ राधाकृष्ण मन्दिर टोलका अन्दाजी २५ बर्षिया सुनिल सार्की गम्भिर घाइते भइ उपचारका लागि महेन्द्रनगर लैजाने क्रममा बाटैमा ज्यान गएपछि आज बेलडाँडीका युवाहरुले प्रशासन र निर्माण कम्पनीका विरुद्ध आवाज उठाउदै सडक जाम गरेका हुन् ।

 

हुलाकी सडमा खण्डका ठेक्दारको कम्जोरीले सडकमै ठुलो खाल्डो परेको थियो, सोही खाल्डोमा ती युवाले चलाएको मोटरसाइकल अनियन्त्रित हुदा दुर्घटना भएको थियो । हिजो दिउँसो घर देखि बेलडाँडी बजार समान किन्न हिडेका सुनिल सधैका लागि नफर्किने गरि हिडेका पछि बेलडाँडीका स्वस्फूर्त  युवाहरु आक्रोसित हुदै हुलाकी सडक निर्माण तुरुन्त गरिनु पर्ने माग र पिडित परिवारले क्षतिपुर्ती पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रेका हुन । अहिले बेलडाँडी वडा नं.२ क्याम्प देखी महेन्द्रनगर जाने आउने कार्य अवरुद्ध गरेका छन् ।

 

जाम खोल्न प्रशासनले जनशक्ति केन्द्रित गर्दै छ । सामाजिक संञ्जालमा स्थानीय सरकार र ठेकेदारको चर्को आलोचना हिजो देखि भइरहेको छ । उक्त सडक निर्माणको जिम्मा पाएका ठेकेदार नेपाली काँग्रेस डडेल्धुरा जिल्ला सभापति भीम साउद हुन् भने यता स्थानीय सरकारको नेतृत्व समेत नेपाली काँग्रेसले गरेको छ ।

सत्ता बाहिर छदा नफिजाएको ग्रावेलमा लडेर घाइते भएको भन्दै तत्कालीन समयमा गाउँपालिका ताला लगाने जानेहरु आफै सत्तामा हुदा लाज पचाएर बस्दा स्थानीय बासिन्दा झिन आक्रोशित बनेका हुन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार