भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह विधानसभा चुनावमा पराजित भएका छन् ।

2
VIEWS

खटिमा,

भारतीय सञ्चार माध्यम (अमर उजाला) का अनुसार भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई कांग्रेसका भुवन कापडीले ६ हजार ९ सय ५१ मतले पराजित गरेका हुन ।

बिहिबार सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३ सय २५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६ सय २६ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६ सय ७५ मत मात्रै प्राप्त गरेका थिए ।

विधानसभामा विजयी कापडी उत्तराखण्ड कांग्रेसका कार्याकारी अध्यक्ष हुन । युवाहरुमा बलियो पकड बनाएका उनले उत्तराखण्ड युवा कांग्रेसको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

सन् २०१७ को विधान सभा चुनावमा कापडी मुख्यमन्त्री धामीसंग २ हजार ६ सय ९ मतान्तरले पराजित भएका थिए । त्यस बेला कापडीले २६ हजार ८ सय ३० र धामीले २९ हजार ५ सय ३९ मत ल्याएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार