बेलडाँडीमा जारी फुटबल खेलको फाइनल खेल बुधवार सिंहपाल र झिलमिला बिच हुने

208
VIEWS

बेलडाँडी/भाद्र २६ । बेलडाँडी गाउँपालिका वडा न .१ मा अलस्टार युवा क्लबद्वारा जारी फुटवल खेलको फाइनल सिंहपाल र झिलमिला बि बिच २७ गते बुधवार हुने भएको छ ।

क्लबद्वारा आयोजित खुला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आइतबार सम्पन्न भएका थिए । छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगितको पहिलो सेमिफाइनल खेल वाई बि स्टार र सिंहपाल युवा क्लब बिच हुदा ०-१ गोलको हराउँदै सिंहपाल युवा क्लब फाइनल प्रवेश गरेको थियो भने दोस्रो खेल झिलमिला युवा समाज बि र बेलाैरी-९ बिच भएको खेलमा ०-७ गोलले झिलमिला बिजयहुदै फाइनल प्रवेश गरेको आयोजक क्लबका सचिब बिकास महताले जानकारी गराउनु भयो ।

महताका अनुसार प्रतियोगिताको फाइनल खेल सोमवार खेलाउने तय गरेपनि वर्षाका कारण खेलमैदान र खेलाडी लाई मध्यनजर गर्दै बुधवार मात्र फाईनल खेल र समापन गरिने जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल, उपविजेता टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडल हात पार्ने छन् । भने प्रतियोगिताका विभिन्न विधाका खेलाडी लाई पनि पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार