बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई

308
VIEWS

केशव थापा/कञ्चनपुर भदौँ २७ । छैठौँ बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई पाईएको छ । अलस्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई पाईएको हो ।

बुधबार समापन खेलमा झिलमिला युवा समाजले सिहपाल युवा क्लबलाई ०का बिरुद्ध ५गोलले पराजित गर्दै उपाधी चुमेको छ ।

सुदूरपश्चिमेलिहरुको महान पर्व गौरा पर्वको उपलक्ष्यमा अल स्टर युवा क्लब बेलडाँडीले १८ भाद्रदेखि २७ गते सम्म संचालन गरेको छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता समापन गरिएको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता २०८० को फाइनल खेल सिहपाल युवा क्लब बेलडाँडी–२ र झिलमिला युवा समाज बेलडाँडी ५ बिचको रोमाञ्भएको थियो । प्रतियोगिताको विजेता टिम झिलमिलाले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल, उपविजेता सिहपाल टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडल पाएका छन । प्रतियोगितामा २० टिमले सहभागिता जनाएको अल स्टार युवा क्लबका सचिव विकास सिह महताले बताए ।

कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्दै गाँउप्रमुख रानाले गाँउको पहिचानका लागि बेलडाँडीको उच्च भूमिका हुने बताए ।

गाँउ प्रमुख रानाले बेलडाँडी पालिका सरकारबाट खेलकुद विकासका लागि सहयोग रहने समेत बताए । अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरको अध्यक्षतामा भएको कार्यक्तमममा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना प्रमुख अतिथि रहेका थिए, उपप्रमुख शान्ति नाथ, १ देखि ५ वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधी बिशिष्ठ अथिति रहेका थिए ।

हरेक बर्ष गौरा महेश्वरी तथा कालिका मन्दिर क्षेत्रमा गौरा पर्वमा हुने फुटबल प्रतियोगिताले उक्त क्षेत्रको खेलकुद विकासमा आयाम थपिरहेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार