बि’ डिभिजन लिगमा उत्कृष्ट लयमा धिरेन्द्र पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित

विकास सिंह महता/कञ्चनपुर,

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा फुटबल खेल्न सुरुवात गरेका धीरेन्द्र शाहले सहिद स्मारक ‘बि’ डिभिजन लिग -२०७८ मा डेब्यू गर्दै पहिलो खेलमै उत्कृष्ट लयमा देखिएका छन् ।

मंगलबार टुसाल युवा क्लब बौद्ध र सरस्वती युवा क्लब बिच भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरेन्द्रले टुसाल युवा क्लब लाई हार बाट जोगाएका छन् । आफ्नो लिगको तेस्रो खेलमा टुसाल सरस्वती क्लब संग २-० गोलले पछाडी परेको त्यो समयमा दुई खेलमा मौका नपाएका शाहले तेस्रो खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले दुई गोल गर्दै टिमलाई २-२ को बराबरीका साथ आफ्नो टिमलाई हार बाट जोगाउदै उत्कृष्ट खेल प्रदर्शनका साथ आफुलाई सावित गर्दै उक्त खेलको म्यान अफ दि म्याच समेत घोषित भए। उनले गोल्डेन बुट र ७ हजार ५ सय हात पारेका छन् ।

। कञ्चनपुर जिल्लाको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिला घर भएका १९ वर्षीय शाहले ग्रामीण क्षेत्रका स्थानीय क्लब, जिल्ला, प्रदेश हुँदै निरन्तर फुटबल प्रतिको लगावले काठमाडौँको टुसाल युवा क्लबबाट सहिद स्मारक ‘बि’ डिभिजन लिग -२०७८ का लागि छनोट भएका थिए। उनी टुसाल युवा क्लबबाट अग्रपङ्क्ति (स्टाइगर) को भूमिकामा रहेका छन् । टुसाल युवा क्लबले लिगमा अहिलेसम्म एक हार र दुई बराबरी खेलेको छ।

उनले भने, ‘एउटा स्थानीय क्लब, जिल्ला स्तरीय प्रतियोगितामा आफूले सिकेका कुरालाई आत्मसात् गर्दै ‘बि’ डिभिजनका लागि छनोट हुँदा र आज आफ्नो जिवनमा पहिलो पटक “बि” डिभिजन लिगमा खेल्ने मौका पाउँदा खुसीको कुनै सिमा नरहेको र आगामी यात्रामा अझै सङ्घर्ष गर्नु छ, मेरो अबको लक्ष्य भनेको क्लब र आफ्ना लागि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षेत्रलाई चिनाउदै नेपालको टिम देखि खेल्ने ठुलो सपना रहेको छ।’ आजको खेलमा म्यान अफ दी म्याच हुँदा हर्षित भएको छु। ,उनले बताए।

बेलडाँडी गाउँपालिका खेलाडी उत्पादनका लागि जिल्लामा एक नम्बरमा परिचित हुँदा समेत पालिकामा कुनै खेलमैदान नहुँदा खेलाडीले सास्ती पोख्नु परेको छ । यस्तो दुःख, कष्ट र अभावका बाबजुद पनि खेलाडीले आफ्नो क्षेत्रलाई जिल्ला, प्रदेश हुँदै केन्द्रीय स्तरमा समेत उत्कृष्ट प्रदर्शन गर्दै चिनाउन सफल भएका छन् । बेलडाँडी गाउँपालिका क्षेत्रमै राष्ट्रिय स्तरको ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिता खेल्ने शाह पहिले नम्बरमा परेका छन् । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा फागुन १८ गतेदेखि सञ्चालन हुने लिग चैत्र महिनाको २७ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित