बहुविवाह गरेको आरोपमा भजनि नगरपालिकाका पूर्वमेयर चौधरी पदीय जिम्मेवारीबाट निलम्बित

55
VIEWS

बहुविवाह गरेर सांस्कृतिक विचलनको आरोप लागेपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई जिम्मेवारीबाट निलम्बन गरेको हुन् । बहुविवाहको आरोप स्वीकारेपछि चौधरीलाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको छन् । चौधरीलाई निलम्बन गरिएकोबारे केन्द्रीय कमिटीले मातहतको कमिटीलाई आन्तरिक सर्कुलर जारी गरेको माओवादी सुदूरपश्चिम प्रदेश सचिवालयले जनाएको छ। गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि जारी सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेकाले निलम्बन गर्ने निर्णय अनुमोदन गरिएको भनिएको छ। प्रदेश कमिटीको सिफारिसमा चौधरीलाई पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य पदबाट निलम्बन गरिएको छ । उनको गाउँ भजनी नगरपालिका–४ मा पनि उनले बहुविवाह गरेको हल्ला छ। उनी भजनी नगरपालिकाका पूर्वमेयर पनि हुन्। उनी २०७४ को चुनावमा माओवादीबाट मेयरमा विजयी भएका थिए।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार