बेलौरीको उखुवारीमा एकबालक हातखुट्टा बाधिएको अवस्थामा फेला, भिडियो सहित

बेलौरी, असोज ५ । बेलौरीमा एक बालक हातखुट्टा बाधिएको अवस्थामा फेला परेका छन् । बेलौरी नगरपालिका–७ सिहपुर उखुबारीमा अन्दाजी १४,१५ महिनाको नाबालक हातखुट्टा बाधिएको अवस्थामा स्थानीयले फेला पारेका छन् ।

 

दुबै हात बाधेको अवस्थामा बालक भेटिएको बेलौरीका स्थानीय ब्यापारी सुरेशकुमार बडायकले जानकारी गराउनु भयो । उहाँका अनुसार ‘सडक छेउकै उखुबारीमा ती बालक भेटिएका बताए, बालकका हात बाधिएका थिए, उनलाई खेलौना दिइएको थियो,’ ‘बालक रोईरहेको थियो, बालकलाई उद्दार गरि प्रहरीको जिम्मा लगाएको जनाए ।

 

अहिले बालकको श्रीपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बालकको अभिभावकको खोजी भइरहेको प्रहरीले जनाएको छ र उखुबारीमा ती बालक कसरी पुगे भन्ने बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित