बेलडाँडी गाउँपालिकाद्वारा विद्युत सव स्टेशन र कोल्डस्टोर निर्माणका लागि ठाउँ खालि गराउदै

बेलडाँडी, १५ असोज । बेलडाँडी गाउँपालिकाले विद्युत सव स्टेसन र कोल्डस्टोर निर्माणका लागि अतिक्रम गरि राखेको जमिन खालि गराउन ३५ दिने सूचना जारी गरेको छ ।

आज पालिका अध्यक्ष हरिशचन्द्र रानाद्वारा हस्ताक्षरित सूचनामा उक्त कुरा उल्लेख गरिएको छ ।
विज्ञप्ति यस्तो छ :-
प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिकाको मिति २०८०/०३/१० गते बसेको १३ औं गाउँसभाको निर्णय नं. ३८ अनुसार यस गाउँपालिका क्षेत्रभित्र विद्युतको लाईन कलुवापुर हुँदै बेलौरीबाट बेलडाँडीसम्म जोडिएको र पटकपटक विद्युत लाईन अवरुद्ध भईरहने हुँदा यस क्षेत्रका सम्पूर्ण नागरिकहरुले साह्रै सास्ती भोग्नपर्ने बाध्यता रहेको हुँदा दैजिबाट बेलडाँडीसम्म सिधै विद्युत लाईन जडान गरि बेलडाँडी गा.पा. क्षेत्रभित्र विद्युत सव स्टेशन निर्माणको लागि आवस्यक पर्ने जग्गा तथा कोल्डस्टोर निर्माणको लागि आवस्यक पर्ने जग्गाको लागि बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत पूर्व बाटो तथा मोडेल चाईल्ड बोर्डिङ्ग स्कूल, पश्चिम नहर, उत्तर बाटो तथा दक्षिण वनक्षेत्रको सिमाना यती ४ (चार) किल्ला मित्रको जग्गामा विद्युत सब स्टेशन र कोल्डस्टोर निर्माण गर्न चारकिल्ला तोक्ने र योजना कार्यान्वयनको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने साथै उक्त चारकिल्ला क्षेत्रभित्र निर्माण भएका घर टहरा लगायतका सम्पूर्ण संरचनाहरु हटाउन नियमानुसार सूचना जारी गरि काम कारवाही अगाडी बढाउन गाउँ कार्यपालिकाको कार्यालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएकोले उक्त चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा बनेका व्यक्ति तथा संघ संस्थाका सम्पूर्ण घर टहराहरु हटाउन हुन सम्बन्धीत सबैको जानकारीको लागि गाउँसभाको निर्णयानुसार यो ३५ (पैतिस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित