पुनर्वास, २१ असोज । पुनर्वासमा एक युवाले फरुवा प्रहार गरि आफ्नै बुवाको हत्या गरेका छन्।
आज आईतबार बिहान ८ बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ११ भिमबस्तिका ४६ बर्षिय बुवा जसबिर सिंह धामीलाई आफ्नै छोरा १८ वर्षिय हेमन्त धामीले फरुवा प्रहार गरि हत्या गरेको बुझिएको छ ।
स्थानीयका अनुसार घरायसी वादविवादले घटना घटेको बुझिएपनि घटनाको कारण भने खुल्न सकेको छैन।
हत्या गर्ने छोरोलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Discussion about this post