धनगढी । धनगढीमा योनीभित्र लागुऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पशुपति टोल बस्ने २० वर्षीय अनुस्का सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनीबाट लागुऔषध निकालेको थियो । ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले यसअघि पनि गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने गरेको प्रहरीको भनाईको छ ।
Discussion about this post