झिलमिलामा जारी देउडा तथा सम्मान कार्यक्रम सम्पन्न

145
VIEWS

बेलडाँडी, १२ कार्तिक । बेलडाँडी गाउँपालिका वडा नं.०५ झिलमिला हिजो ११ गते देखि जारी दोस्रो चतुर्दशी देउडा तथा सम्मान कार्यक्रम आज एक कार्यक्रमका विच समापन गरिएको छ ।

 

शनिबार देखि जारी कार्यक्रम आज भव्य कार्यक्रमका आयोजना गरि समपन्न गरिएको झिलमिला युवा समाजले जनाएको छ । विभिन्न विद्याका व्याक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले आफ्नो धर्म संस्कृति संरक्षणमा युवा समाजले गरेको कार्यक्रमको प्रशंसा गर्दै विभिन्न विद्यामा सम्मानित हुनेहरुलाई बधाई तथा धन्यवाद व्यक्त गर्नु भयो ।

औपचारिक कार्यक्रम समापन गरिएपनि आज राती पनि देउडा जारीनै रहने झिलमिला युवा समाजका सचिव दिपेन्द्र रोकायाले जानकारी गराउनु भयो । उहाँका अनुसार आफ्नो परम्परा,सांस्कृति,कला र पहिचानका लागि यस्ता कार्यक्रम आगामी दिनमा समेत गरिने बताउनु भयो ।

 

कार्यक्रमको सभापतित्व झिलमिला युवा समाजका वरिष्ट सदस्य पदम बहादुर थापा रहेका थिए भने प्रमुख अतिथिमा संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिंह बिष्ट रहेका थिए । यस्तै विशिष्ट अतिथिमा वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडका, वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, कृष्णा गिरी रहेका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार