पशुपति कोटिहोम : दलित समुदायका प्रथम आचार्य गुरुदेव कृष्ण दमाईलाई कोटिहोममा भव्य स्वागत तथा अभिनन्दन

काठमाडौं । दलित समुदायका प्रथम आचार्य गुरुदेव कृष्ण दमाईलाई पशुपति कोटिहोममा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका दमाईलाई पशुपतिनाथ स्थित वनकालीमा सञ्चालन भइरहेको ऐतिहासिक विशाल कोटी होम यज्ञमा विहिवार भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरमा बस्दै आएका कृष्णले २०६४ सालमा कञ्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण, शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण गरेपछि दमाईं आचार्यको पढाइ पूरा गर्न दाङ पुगेका थिए । दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा जुटेर आचार्य पुरा गरेका हुन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्ने दलित समुदायका कृष्ण प्रथम आचार्य गुरुदेव बन्न पुगेका हुन् । पशुपति कोटिहोम तथा नेपाल माहात्म्य परिवारले वहाँको उज्ज्वल भविस्यको कामना गर्दै यज्ञमा भव्य स्वागत तथा अभिनन्दन गरेको थियो ।


कृष्णलाई कोटिहोममा अभिनन्दन गर्दै गुरुले काखमा च्याप्दा भावुक हुदै भन्नु भयो “४ कक्षामा पढ्दा गाउँमा जातीय विभेद खेप्नु परेपछि संस्कृत पढेर पुराण वाचन गर्ने इच्छा त्यतिबेलै पलाएको बताउदै अझै थुप्रै कार्य गर्नबाकी रहेको बताए ।”

पशुपतिनाथ स्थित वनकालीमा सञ्चालन भइरहेको ऐतिहासिक विशाल कोटी होम यज्ञको अवसरमा धार्मिक कथा प्रवर्चन, ऐतिहासिक विशाल कोटी होममा धार्मिक गुरुहरू द्वारा कथा प्रवर्चनका साथै सत्संग सुरु गरिएको हो ।

कथा सुन्न र यज्ञको दर्शन गर्न धार्मिक पर्यटकहरूको दैनिक भिडभाड बढ्न थालेको छ । यज्ञकै अवसरमा श्रीराम कथा प्रवचन हुने भएको छ । कोटी होम यज्ञको परिसरमा साउन १६ गते देखि ३२ गतेबाट राम कथा प्रवचन सुरु भएको छ ।

मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन भएको हो । उक्त महायज्ञ साउन महिना भरि चल्ने आयोजक मानव सेवा फाउन्डेशनले जनाएको छ । मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित