समाजसेवी चन्दलाई भोजराज हरिप्रिया पुरस्कार

कञ्चनपुर : समाजसेवी चन्दलाई भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार – २०८१ बाट सम्मानित गरिएको छ । भीनपा –७ हल्दुखाल निवासी मदन चन्द विगत ३ दशक देखि निरन्तर समाजसेवामा लागि रहनु भएको छ ।

वहाँको समाजसेवाको मूल्याङ्कन गरी कैलाली जनपुस्तकालयले वहाँलाई नगद रु ५ हजार सहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको छ । भाद्र १५ गते धनगढीमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टि.एन जोशीले वहाँलाई सम्मान गर्नु भएको हो ।

चन्दले विगत लामो समय देखि सरसफाइ, धूम्रपान, सुर्तिजन्य तथा लागू औषध दुर्व्यसन रोकथामका साथै समाजमा रहेका अनाथ बालबालिका, असहाय वृद्ध वृद्धा, छाडा चौपाया, सड्कमा रहेका कुकुरहरूलाई खानाको साथै औषधी उपचारको पनि व्यवस्था गर्दै आउनु भएको छ ।

यस अघि पनि वहाँलाई विभिन्न सङ्घ संस्थाहरूले सम्मान तथा पुरस्कृत गरेका छन् । वहाँले ‘यस सम्मानले आफूलाई समाज सेवामा लाग्न थप हौसला प्रदान गरेको’ बताउनु भयो ।

चन्दले इमान्दारीका साथ गरेको समाजसेवा देखेर ‘विगत ३ वर्ष देखी छाडा चौपाया, सडक कुकुर र असहायहरूको सहयोगार्थ शुभेच्छुकहरूलाई एक कप चिया अभियानका रुपमा (मदन अभियान) लाई समय समयमा सक्दो सहयोग गर्दै आइरहेको चन्दले बताउनु भयो । ‘जुन उठेको रकम समाजसेवा मैं खर्च हुने गर्दछ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित