कञ्चनपुर जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड: बेलडाँडी गाउँपालिका मार्च पासमा उत्कृष्ट स्थानमा

विकास महता/महेन्द्रनगर, कञ्चनपुर जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा बेलडाँडी गाउँपालिकाले मार्च पासमा उत्कृष्ट स्थान हासिल गरेको छ। शुक्रबार, शुक्लाफाँटा नगरपालिका-६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा बेलडाँडी गाउँपालिकाले दोस्रो स्थान प्राप्त गरेको हो।

प्रतियोगितामा कृष्णपुर नगरपालिका पहिलो, बेलडाँडी गाउँपालिका दोस्रो र बेदकोट नगरपालिका तेस्रो स्थानमा रहे। कञ्चनपुरका ९ वटै पालिकाले मार्च पासमा सहभागिता जनाएका थिए।

कञ्चनपुरका स्थानीय अधिकारी र नागरिकहरूले यस उपलब्धिलाई उत्साहका साथ स्वागत गर्दै, आगामी वर्ष पनि यस किसिमका प्रतिस्पर्धामा थप सहभागिता र सफलता आशा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित