छाउपडीमा मृत्यु प्रकरण संसदमा उठ्यो, सांसद भाटको सरकारलाई सवाल– “लास कुरेर बस्ने कि जोगाउने ?”

बेलडाँडी । सुदूरपश्चिम प्रदेश सांसद गीता भाट मालले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतेकी महिलाको मृत्युको विषयमा सुदूरपश्चिम प्रदेशसभाको शून्य समयमा बोल्दै गम्भीर प्रश्न उठाएकी छन् ।

सांसद भाटले सर्पदंशबाट २८ वर्षीया कमला दमाई (औजी) को ज्यान गएको घटनालाई समाजमा व्याप्त कुरिती, कुसंस्कार र अन्धविश्वासको त्रासदीपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्दै सभामुखको ध्यानाकर्षण गराइन् । उनले भनिन्, “कानुन हँुदा–हँुदै महिलाहरूलाई छाउपडीका नाममा असुरक्षित गोठमा सुत्न बाध्य पारिन्छ, र त्यो लापरबाहीले ज्यानै जान्छ ।”

सरकारको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै सांसद भाटले भनिन्, “सरकार लास कुरेर बस्ने हो कि लास हुन नदिन सक्रिय हुने ? अब ढिलाइ सह्य छैन, छाउपडीजस्ता कुरितीविरुद्ध कानुनको कडाइका साथ कार्यान्वयन हुनैपर्छ ।”

उनले छाउपडी प्रथा अन्त्यका लागि सरकार गम्भीर बन्नुपर्ने बताउँदै महिलाको जीवन र सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित