सुदूरपश्चिममा भोलि ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा

 सुदूरपश्चिम प्रदेश सरकारले ओल्के पर्वको अवसरमा भोलि (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश राजपत्रमा आइतबारलाई सार्वजनिक बिदा घोषणा गरिएको उल्लेख छ।

सुदूरपश्चिमका पहाडी समुदायले प्रत्येक वर्ष भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउँदै आएका छन्। यस पर्वलाई जेठो पर्वको रुपमा मनाउने गरिन्छ।

ओल्के पर्वपछि वर्षभर मनाइने अन्य चाडपर्व सुरु हुने परम्परा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित