काठमाडौं । रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो । आत्मदाह प्रयासअघि पासवानले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।






















Discussion about this post