कैलालीको खुटिया नदीमा डुबेर चार किशोरको मृत्यु

कैलाली । कैलालीको खुटिया नदीमा डुबेर चार किशोरको ज्यान गएको छ ।

गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा साथीसँग नुहाउन गएका धनगढीका सात जनामध्ये चार जना किशोर दिउँसो करिब २ बजेतिर डुबेर बेपत्ता भएका थिए । पछि खोजीकार्यमा खटिएको प्रहरी टोलीले उनीहरूकै शव नदीबाट निकालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन् । अन्य तीन जना भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/share/v/1AFJQFwP6N/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित