कञ्चनपुर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भाद्र २१ गते शनिबार हुने १५औं कार्य समितिको निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाबाट चन्द्र सिंह बिष्ट सदस्य पदका एक्ला उम्मेदवार रहेका छन्।
दोधारा चाँदनी नगरपालिका–स्थित नागार्जुन बिल्डर्सका संस्थापक बिष्ट सफल निर्माण व्यवसायी मात्र नभई समाजसेवी र साहसी नेताका रूपमा समेत चिनिन्छन्।
महाकालीपारी क्षेत्रलाई प्रतिनिधित्व गर्दै सदस्य पदका लागि मैदानमा उत्रिएका बिष्टले निर्माण व्यवसायीका अधिकार र हित संरक्षणलाई आफ्नो पहिलो प्राथमिकता बनाएका छन्। उनका प्रमुख एजेण्डामा –
-
आयोजना म्यादमा एकरूपता र सुधार,
-
अग्रिम भुक्तानीमा सबै कार्यालयमा समान नीति,
-
निर्माण स्थलमा तेस्रो पक्षको हस्तक्षेप रोकथाम,
-
व्यवसायीलाई कानुनी सुरक्षा सुनिश्चितता, जस्ता ठोस योजना रहेका छन्।
योजना सम्पन्न भए पनि भुक्तानी नपाएका व्यवसायीका पक्षमा तालाबन्दी आन्दोलनमा सक्रिय भई आवाज उठाइसकेका बिष्ट नियमसंगत र सहि कुरा अघि सार्न कहिल्यै पछि नहट्ने व्यक्तित्वका रूपमा परिचित छन्।
व्यवसायी समुदायले आफ्नो आवाज बुलन्द र हित सुरक्षित गर्न सक्ने व्यक्तित्व खोजिरहेका बेला चन्द्र सिंह बिष्ट निर्विवाद उम्मेदवारका रूपमा उनीहरूको पहिलो रोजाइ बन्ने विश्वास गरिएको छ।






















Discussion about this post