काठमाडौं : गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन् ।
सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि ठूलो जनधनको क्षति भएको थियो । प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले पद छोड्ने घोषणा गरेका हुन् । यसअघि पार्टी बैठकमा पनि उनले नैतिकताको आधारमा गृहमन्त्रीको पदमा नबस्ने स्पष्ट धारणा राखेका थिए ।























Discussion about this post