महेन्द्रनगरमा एमाले पार्टी कार्यालयमा आगजनी, ओलीको राजीनामा माग गर्दै आन्दोलित युवा

कञ्चनपुर । भ्रष्टाचार, दमन र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको आन्दोलन अझ चर्किंदै गएको छ । हिजो काठमाडौंमा भएको जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनलाई ओली सरकारले दमन गर्दै गोली प्रहार गर्दा निहत्था युवा तथा विद्यार्थीको ज्यान लिएको घटनापछि आज महेन्द्रनगर लगायत देश भर स्थिति आक्रामक बनेको छ ।

हिजो भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर १९ जनाभन्दा बढीले ज्यान गएको छ भने सयौं घाइते भएका छन् । निर्दोष युवामाथि खोलिएको गोली र सरकारको संवेदनहीन रवैयाप्रति आक्रोशित महेन्द्रनगरका युवाहरूले सोमबार नेकपा एमालेको जिल्ला पार्टी कार्यालय परिसरमा आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरूले “केपी मर्यो“ भन्दै नाराबाजी गरेका थिए भने एमाले कार्यकर्ता र नेताहरू मौन बसेकोप्रति समेत कडा असन्तोष प्रकट गरेका छन् । उनीहरूले “रगतको मूल्य बुझ्न नसक्ने, निर्दोषको चित्कार नसुन्ने प्रधानमन्त्रीलाई अब सिंहदरबारमा बस्ने नैतिक अधिकार छैन“ भन्दै तत्काल राजीनामाको माग राखेका छन् ।

कार्यालय अगाडिको प्राङ्गणमा आगजनी गर्दै आन्दोलनकारीहरूले ओली सरकारको निरंकुश शैलीविरुद्ध प्रतिरोध जारी राख्ने चेतावनीसमेत दिएका छन् । स्थानीयका अनुसार सुरक्षाकर्मीहरू घटनास्थल नजिक तैनाथ भए पनि आन्दोलनकारीहरूको भीड अत्यन्त आक्रोशित भएकाले तत्काल हस्तक्षेप नगरेको देखिएको थियो ।

हिजो राजधानीमा भएको निर्दयी दमन र आज महेन्द्रनगरमा देखिएको आगजनीले आन्दोलन झन् चर्किँदै गएको स्पष्ट देखिएको छ । आन्दोलनकारीहरूले अब यो आन्दोलन केपी शर्मा ओलीको राजीनामा नहुँदासम्म नरोकिने घोषणा गरेका छन् ।

https://www.facebook.com/share/v/1GLwm4ZWWM/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित