कञ्चनपुर । जेनजी आन्दोलनको लहर दिन प्रतिदिन चर्किँदै गएको छ। हिजो ओली सरकारको निर्देशनमा युवामाथि गरिएको गोली प्रहार र हत्याको विरोधमा आज महेन्द्रनगरस्थित नेकपा एमाले पार्टी कार्यालय परिसरमा आक्रोशित आन्दोलनकारीहरूले आगजनी गरे । तर आन्दोलनको ज्वाला त्यत्तिमै थामिएन, त्यसपछि काँग्रेस पार्टी कार्यालय र भीमदत्त नगरपालिका परिसरमा समेत आगजनी गरिएको छ ।
आन्दोलनकारीहरूले भने, “हाम्रो साथीहरूको रगत बगाउँदा चुप लाग्ने पार्टीहरू पनि कम दोषी छैनन् । ओली मात्र होइन, सबै पुराना दलहरूले यो देशलाई यस्तो दुर्गति पारेका हुन् ।”
महेन्द्रनगरमा लगातार देखिएको आगो केवल देखाउनलाई मात्र नभएर, पीडा र आक्रोशको ज्वाला बनेर फैलिएको छ । युवाहरूको स्वर अझै स्पष्ट छ, प्रधानमन्त्री ओलीको राजीनामा र नयाँ पुस्ताको नेतृत्वसहितको अन्तरिम सरकार गठन नभएसम्म यो आन्दोलन थामिँदैन ।
आन्दोलनको ज्वाला अब केवल राजधानीसम्म सीमित छैन, देशभरका गाउँ–नगर र पार्टी कार्यालयसम्म फैलिन थालेको छ ।






















Discussion about this post