कृष्णपुरमा सामूहिक प्रतिरोधले सम्भावित क्षति टर्यो, अध्यक्ष सिंहले वडावासीलाई दिए धन्यवाद

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ को कार्यालय तोडफोड र आगजनी गर्ने उद्देश्यले २४ गते आएको भिडलाई स्थानीय वासिन्दाले रोक्न सफल भएका छन्।

जनप्रतिनिधि र कार्यालयसमेतको सम्पत्ति जोगाउन वडावासी एकजुट भएर भिड अघि उभिँदा सम्भावित क्षति टरेको हो। जेन–जी आन्दोलनको नाममा आएको समूहलाई स्थानीयले “हाम्रो सम्पत्ति तोडफोड गर्न पाइँदैन” भन्दै प्रतिरोध गरेका थिए।

वडा नं. ४ का अध्यक्ष धर्मबहादुर सिंहले जनताको सचेतता र एकताको उच्च सम्मान गरेका छन्। उनले भने, “वडाको सम्पत्ति वडावासीकै हो, यसलाई जोगाउन नागरिकले देखाएको साहस सराहनीय छ।”

स्थानीयवासीको सक्रियताले आन्दोलनका नाममा हुनसक्ने तोडफोड र अराजकता रोकिएको भन्दै अध्यक्ष सिंहले आगामी दिनमा पनि यसैगरी सचेत रहन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित