भीमदत्त । ‘मेरो कामको परिणाम यही होला ?’ उही प्रश्न निलम लेखक जोशीको मुखबाट आज बारम्बार फुक्दै थियो, आँखा भरि आशु बाँधेर । भीमदत्त नगरपालिका की उपमेयर र तत्कालीन नेविसंघ सदस्य निलमले जीवनभर गरिब–बिपन्नको सेवा र सुशासनका लागि गरेको आफ्नो राजनीतिक संघर्ष आज आफ्नै घरले भोग्नु पर्ने पीडा बनेको छ ।
भदौं २४ गते जेन–जी आन्दोलनको नाममा केही तत्वले उपमेयर जोशीको निजी घरमा आगो लगाएर ठूलो क्षति पु¥याएको आरोप उनीँले लगाएकी छन् । जोशीका अनुसार उनको श्रीमान् वर्षोंदेखि इलेक्ट्रिसियनको काम गरेर, घर–घरमा वायरिङ र बत्ती जडान गरी कमाएको सानो–सानो आम्दानी जम्मा गरी राखेको पसिना र मेहनतले बनाएको सम्पत्ति आज जलाइएको छ ।
उहाँले भक्कानिँदै भन्नुभयो, “यो मेरो लागि मात्र घर होइन – यो हाम्रो परिवारको पसिना, हाम्रो जीवन र सेवाको फल हो । देशका लागि काम गर्दा मान्छेले जलन होला, विरोध होला -तर व्यक्तिगत सम्पत्ति माथि यस्तो क्रूर आक्रमण कसैले गर्नहुँदैन ।”
नेविसंघबाट विद्यार्थी आन्दोलन र प्रजातन्त्र प्राप्तिका लागि लामो समय इंगित भएर संघर्ष गर्दै गर्दा उहाँले भोगेका दुःख-कष्ट अझै सबैलाई सम्झाउने किसिमका छन् । २०६२/६३ को जनआन्दोलनमा प्रहरीको लाठीचार्जमा गम्भीर घाइते भइ आफ्नो पेटमा रहेको बच्चा गुमाउनुपरेको दिनहरु निलमका लागि विचारको घाउ नै रहेका छन् । ती चोटहरू र त्यही संघर्षको स्मृतिले नै आज पनि उनलाई जनताको निमित्त काम गर्न प्रेरित गरेको उनी बताउँछिन् ।
उहाँले अगाडि बढेको र जनता माझ लोकप्रिय काम गरेकोले जलन पाल्ने केही तत्वहरूले यस्तो षड्यन्त्र र प्रहार गरेर उनलाई कमजोर बनाउन खोजेको हुनसक्छ । “यदि कसैलाई मले काम–काजमा मन नपरेको हो भने कुरा गरेर समाधान गर्न सकिन्थ्यो,” जोशीले भनिन्, “तर मेरो घरमा आगो हालेर, तोडफोड गरेर जुन भावनात्मक र भौतिक क्षति पु¥याइयो -त्यो कुनै हालतमा स्वीकार्य होइन ।”
उहाँका श्रीमानले वर्षौँको मेहेनतले जगेडा गरिएका थोरै पैसा, गरगहाना परिवारलाई सम्हाल्न राखेको रहेछ – आज तिनै थोक–थोक वस्तु र पसिनाको फल आगोमा खरानी बनेको छ । यसले नजिकका छरछिमेक र स्थानीयबासीहरूमा पनि कडा दुःख र असन्तोष उत्पन्न भएको छ ।
झल्झल्किएर उनले भने, “देशका निम्ति, पालिकाका निम्ति र विशेष गरि महिलाका निम्ति मैले गरेको स–साना कामलाई धेरै ठाउँमा सम्मान मिलिरहेको थियो – घरमै मानिसले आगो हाल्नु र सम्पत्ति जलाउनु किन? के मेरो समर्पण र सेवा यहीले नापिन्छ ?” भावुक आँखाले उहाले आफ्नो अपमान र पीडा व्यक्त गरिन् र दोषीहरूलाई कानुनी कारवाहीको माग गरिन् ।
स्थानीय समाज र नागरिकले पनि यो घटनालाई निन्दा गर्दै दोषीहरूविरुद्ध कडा कदम चाल्न प्रशासनसँग माग गरेका छन् । निलमले भन्छिन्, “म अझै पनि सुशासनको पक्षमै छु , तर यस्तो घटना भएकोमा म राजनैतिक रूपमा निस्तेज हुँदैन; हामीले कानुन मार्फत न्याय पाउनु पर्छ ।”
उहाँको रोदन र पीडाले सँगै उठेको आवाजले स्थानीय तह र प्रशासनतिर ध्यानाकर्षण गराएको छ, अब कानुनी प्रक्रियाले छानबिन गरी अपराधीलाई नियन्त्रणमा लिनु आवश्यक देखिन्छ । जनता र छरछिमेकका मानिसहरूले पनि निलमको परिवारप्रति सहानुभूति देखाउँदै पुनर्निर्माणमा सहयोगको प्रस्ताव राखेका छन् ।






















Discussion about this post