अन्तरिम मन्त्रीहरूको  शपथग्रहण दिउँसो ३ बजे हुने

काठमाडौं : अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह तोकिएको समयभन्दा एक घण्टा पछि हुने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री बन्ने व्यक्तिहरूलाई दिउँसो २ बजे शपथ गराउने तयारी भए पनि राष्ट्रपति कार्यालयले कार्यक्रम ३ बजेसम्मका लागि सारिएको जानकारी दिएको हो ।

प्रधानमन्त्री कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा। संगीता मिश्रासहित पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् । तर, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भनिएकी डा। मिश्राको सिफारिस भने अन्तिम समयमा ‘होल्ड’ गरिएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा हाल तीन जना मात्रै मन्त्री रहेका छन् । नयाँ मन्त्रीहरूको शपथसँगै मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित