नेकपा (एमाले) बेलडाँडीले भोली जनप्रदर्शन गर्ने

बेलडाँडी, कञ्चनपुर। नेकपा (एमाले) बेलडाँडी गाउँ कमिटीले भोली बेलडाँडीमा जनप्रदर्शन कार्यक्रम गर्ने भएको छ। “राष्ट्रियता, लोकतन्त्र र संविधान रक्षा गरौं, षड्यन्त्र र अराजकता विरुद्ध एकजुट बनौं” भन्ने मुल नारासहितको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।

एमाले गाउँ कमिटीको आयोजनामा हुने कार्यक्रम बेलडाँडी गाउँपालिकाको मुट चवन्नी बजार पछाडिको मञ्चमा दिउँसो १२ बजे सुरु हुने जनाइएको छ। पार्टीका कार्यकर्ता, जनसंगठनका प्रतिनिधि र स्थानीय नागरिकको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमबारे जानकारी दिंदै नेकपा (एमाले) जिल्ला कमिटी सदस्य कमल रोकायाले भन्नुभयो, “देशमा बढ्दै गएको अराजकता र षड्यन्त्रविरुद्ध जनता सजग हुनुपर्छ। राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।”

जनप्रदर्शनमा सहभागीहरूले निम्न नारा लगाउने कार्यक्रम रहेको जनाइएको छ : प्रतिगामी षड्यन्त्र-मुर्दावाद ! विघटित प्रतिनिधिसभा-पुनर्स्थापना गर ! २३ र २४ को अपराधिक घटनाको- निस्पक्ष छानबिन गर ! तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई- कारबाही गर ! हत्या, हिंसा, आतंक -बन्द गर ! नेकपा (एमाले)- जिन्दावाद ! जनताको बहुदलीय जनवाद- जिन्दावाद !

जनप्रदर्शनमार्फत एमालेले देशभर फैलिएका राजनीतिक षड्यन्त्र र अराजकतामूलक क्रियाकलापविरुद्ध जनमत संगठित गर्ने र जनताको आवाज बुलन्द गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित