गौरको होटलमा सामूहिक करणी प्रयासको आरोपमा पाँच पक्राउ, अनुसन्धान जारी

रौतहट । रौतहटको गौर नगरपालिका-२ स्थित एक होटलमा भएको जबरजस्ती करणी उद्योग सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार राति होटलमा भएको घटनापछि पीडितले दिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा गौर नगरपालिका-२ निवासी २५ वर्षीय सन्तोष राउत, भारतको बिहार राज्य मुजफ्फरपुर जिल्लाका ३३ वर्षीय मोहम्मद ताजुदिन, ३७ वर्षीय जितेन्द्र कुमार, ३८ वर्षीय हसनैन आलम तथा ३४ वर्षीय आलोक कुमार रहेका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू सामूहिक रूपमा जबरजस्ती करणी उद्योगमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। घटनाको वास्तविकता खुलाउन आवश्यक प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित