नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। दुई महामन्त्रीले पेस गरेका प्रतिवेदनमाथिको छलफल निष्कर्षमा पुग्न नसकेपछि महाधिवेशनको बैठक लम्बिएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथि गहन छलफल भइरहेको विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए। उनका अनुसार प्रतिवेदनमाथिको छलफल मंगलबार पनि निरन्तर चल्नेछ।

चम्लागाईंले मंगलबार नै नेतृत्व चयन प्रक्रिया समेत थालिने बताए। “महामन्त्रीद्वयले पेस गरेका प्रतिवेदनमाथि छलफल घनिभूत रूपमा चलिरहेको छ,” उनले भने, “यो क्रम मंगलबार पनि जारी रहनेछ। त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ।”

विशेष महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र नेतृत्व संरचनाबारे व्यापक बहस भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित