काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। शुक्रबार नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। तर, उनीमाथि कुन अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले औपचारिक रूपमा खुलाएको छैन।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते प्रहरीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
प्रसाईंले यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर पार्टीको आधिकारिकता लिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले आवश्यक अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो।























Discussion about this post