बैतडीमा इभी हाइस दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

 बैतडी: बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२–००१ ज ०६२४ नम्बरको इभी हाइस सिल्लेगडा–बडिया सडकखण्डअन्तर्गत घोडेधार नजिक गएराति दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दोगडाकेदार गाउँपालिका–५ का मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूले जानकारी दिए।

उक्त सवारी साधनमा चालक मात्र सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त इभी हाइस सडकबाट करिब २५० मिटर तल खसेको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित