काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाह बालेन्द्र ले शुक्रबार १२ः३२ बजेको शुभसाइतमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहबीच शपथ ग्रहण गराएका हुन् । बालेनले यसअघि नै शपथका लागि शुभसाइत राष्ट्रपति कार्यालयमा पठाएका थिए ।
नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिएसँगै शाहले देशको नेतृत्व सम्हालेका छन् । शपथ समारोहमा उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न दलका नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
शाहको नेतृत्वमा अब नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।






















Discussion about this post